५ मंसिर,रूपन्देही। दाङको तुलसीपुर गाइडहरमा सहोदर दाजुभाइ मृत अवस्थामा फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भई तुलसीपुर ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका सहोदर भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार उनीहरु बस्ने घरमा घरबेटी बस्दैन थिए । मृतकमध्ये कान्छा टेकबहादुरकी श्रीमतीले आफू रुकुम पश्चिमस्थित माइती गएको हुँदा त्यहाँबाट नफर्किँदासम्म ढोका नखोल्न आग्रह गरेको हुँदा प्रहरीले बाहिरबाटै सुरक्षा दिएपछि मंगलबार मात्रै ढोका खोलिने प्रहरीले जानकारी दिएको छ ।