समाचार

माओवादी केन्द्र प्रदेश–१: नेतृत्वका लागि आकांक्षी बढेपछि मतदानको तयारी

५ पुष २०७८, सोमबार १४:५१
माओवादी केन्द्र प्रदेश–१:  नेतृत्वका लागि आकांक्षी बढेपछि मतदानको तयारी

५ पुस,विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर–१ को अध्यक्ष बन्न ६ आकांक्षीले दौडधुप बढाएका छन् ।

नेकपा माओवादी केन्द्र १ को नेतृत्वका लागि जिल्लै पिच्छेका नेताहरुले दावी गर्न थालेपछि मतदानको तयारी गरिएको छ। नेतृत्वमा सहमति नजुटेपछि मतदानमा जानेबारे छलफल अघि बढेको बताइएको छ।

प्रदेश अधिवेशन अघि अध्यक्षमा तीन जना आकांक्षी थिए। नेतृत्व चयनमा सहमति नजुटेपछि प्रदेश कमिटी सदस्य घोषणा गर्दै अधिवेशन सकिएको थियो।

अधिवेशन अघिका अध्यक्षका आकांक्षी वर्तमान अध्यक्ष सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीवीच सहमति नजुटेपछि उनीहरु अध्यक्षको दौडबाट पछि हटेका छन्। प्रदेशको नेतृत्व र पदाधिकारी चयनमा जति ढिलो भईरहेको छ।

उत्तिनै आकांक्षीहरु बढी रहेका छन्। अध्यक्ष लगायत ९ पदाधिकारीका आकांक्षी जिल्लैपिच्छेका नेताहरु आ‒आफ्नो दाबी गर्दै सामाजिक सञ्जालमा प्रचारमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्