४ मंसिर,काठमाडौँ। रोमेलु लुकाकुले चार गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा अजरबैजानलाई ५–० को फराकिलो अन्तरले हराएको छ। समूह एफको शीर्ष स्थानमा रहन बेल्जियमले सानदार जित दर्ता गरेको हो।
१७औं मिनेटमा लकाकुले खेलमा अग्रता दिलाएका थिए । उनले पहिलो हाफमा तीन गोल थपे । उनको २६औं मिनेटमा दोस्रो गोल र ३०औं मिनेटमा ह्याट्रिक पूरा गरे । ३७औं मिनेटमा ओरेल मंगालाको पासमा उनले व्यक्तिगत चौथो गोल गरे।
उनले १४ मिनेटमा नै ह्याट्रिक गरेका थिए। उनले टिमको लागि चौथो गोल पनि ३७ औं मिनेटमा नै गरे। दोस्रो हाफमा उत्कृष्ट डिफेन्सिङ सेटअप बनाएको अजरबैजानविरुद्ध लियान्द्रो ट्रोसार्डले अन्तिम मिनेटमा गोल गरे। समूह एफकै अर्को खेलमा भने अस्ट्रियाले स्विडेनलाई २–० गोलले हराएको छ। तर यो जितका बाबजुद पनि स्विडेन युरोकपमा सिधा छनोट हुन सकेन।
यसअघि नै आठ खेल सम्पन्न गरेको अस्ट्रिया भने समूह उपविजेता हुँदै युरोकपमा छनोट भइसकेको छ। समूह एको शीर्ष स्थानमा बेल्जियम छ भने स्विडेन तेस्रो स्थानमा छ। स्विडेनलाई अब प्लेअफबाट युरोकपमा स्थान बनाउने बाटो खुला हुनेछ।
गएराति नै भएको अर्को खेलमा स्पेनले जर्जियालाई ३-१ गोल अन्तरले हरायो। समूह एकाो स्पेन २० अंकसहति युरोकपमा छनोट भएको छ। गएराति नै भएको खेलमा पोर्चुगले आइसल्याण्डलाई २-० ले हरायो। ३० अक भएको पोर्चुगल १० खेलमा अपराति रहँदै समूह जेबाट युरोकपमा छनोट भएको छ।