मनोरञ्जन

बलिउड अभिनेत्री ऐश्वर्यालाई ईडीको पत्राचार

५ पुष २०७८, सोमबार ०७:५३
बलिउड अभिनेत्री ऐश्वर्यालाई ईडीको पत्राचार

एजेन्सी। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई प्रवर्तन निर्देशनालय (ईडी)ले बयानका लागि बोलाएको छ । अभिनेत्री ऐश्वर्यालाई पानामा पेपर सम्बन्धी सोधपुछका लागि बोलाएको एनडीटीभीले बताएको छ ।

भ्रष्टाचार विरोधी छानबिन गर्ने निकाय इनफोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले पानामा पेपर्स प्रकरणमा अभिनेत्री रायलाई बोलाएको हो । गैरकानुनी ढंगले विदेशमा सम्पत्ति लुकाएको आरोपमा ४८ वर्षीया रायलाई सोधपुछ गरिएको हो ।

तर, अभिनेत्रीले बयान दर्ता गराउनका लागि अर्को मिति मागेको समाचारमा उल्लेख छ । यसअघि पनि उनलाई ईडीले बयान दर्ता गराउन पत्राचार गरिसकेको छ ।

स्ताबेजले कर छलि गर्न र कालो धन लुकाउन विश्वका धनाढ्यले अनियमित तरिकाले सम्पत्ति लुकाएको विषयलाई सार्वजनिक गरेको थियो । पानामा पेपर्स प्रकरणमा ३०० भारतीय जोडिएका छन् ।

आईसीआइजले विश्वका ७६ देशका १०० भन्दा बढी सञ्चार माध्यमहरुमा आबद्ध पत्रकारहरूको सहकार्यमा एक करोड १५ लाखभन्दा बढी कागजात अध्ययन गरेर दस्तावेज तयार गरेको थियो ।

चर्चित अभिनेता अमिताभ बच्चनकी बुहारीसमेत रहेकी रायलाई यसअघि पनि सो निकायले छानबिनका लागि बोलाएको थियो । तर, उनले केही समय माग गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्