समाचार

तिहारमा खानपिनबारे यी हुन् पोषणविद्का सुझाव

२७ कार्तिक २०८०, सोमबार ०२:२८
तिहारमा खानपिनबारे यी हुन् पोषणविद्का सुझाव

२७ कार्तिक, काठमाडौं।  तिहार मनाउँदै गर्दा खानपानमा पनि ध्यान दिन पोषणविद्ले सुझाव दिएका छन्  ।

तिहारमा चिल्लो र गुलियो रोटीसँगै बजारमा पाइने विभिन्न प्रकारका मिठाईको उपभोग धेरै हुन्छ । बजारमा पाइने अनेकौँ किसिमका मिठाईमा मिसावट गरिएको तेल वा घ्युबाट बनाइएको हुने भएकाले स्वास्थ्यको ख्याल गरेर मात्र खान पोषणविद् कला नेपालको सुझाव छ ।

यस्ता मिठाईको प्रयोग सकेसम्म कम गर्न उनले आग्रह  गरेका छन्।चाडपर्वको बेला खानपिन अलि धेरै नै हुने हुनाले अरु बेलाको भन्दा बढी झोल पदार्थ र फलफूल, सलाद पनि खान उनको आग्रह छ । उनका अनुसार शरीरको आवश्यकताका अनुसार मात्रा मिलाएर मात्र खानेकुरा खानुपर्छ । चाडपर्वमा शारीरिक सक्रियतामा कमी हुने र धेरै खाने भएकाले अपचको समस्या समेत बढ्न सक्छ ।

खानपानमा ध्यान नदिएको अवस्थामा शरीरको तौल बढ्ने, अपच हुने, कोलेस्ट्रोल बढ्ने समस्या हुन्छ । यस्तै, मधुमेहका बिरामीको सुगर लेभल बढ्ने, रक्तचापको समस्या बढ्ने लगायत समस्या आउन सक्ने पोषणविद् कला नेपालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्