समाचार

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री

५ पुष २०७८, सोमबार ०३:४६
काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री

५ पुस, काठमाडौं । काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ। बिहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा उल्लेख्यनीय मौसम प्रणाली नभए पनि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाकएको छ। आज राती देशभरि आंशिक बदली रहनेछ।

सोमबारबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ। यस्तै जोमसोम र जिरीको तापक्रम माइनस २.७ डिग्री पुगेको छ।

प्रतिक्रिया दिनुहोस्