२३ कार्तिक,काठमाडौँ। नेपाल भारत मैत्री सङ्घले ‘जाजरकोट र रुकुम पश्चिम भूकम्प’ बाट प्रभावितलाई तत्काल १२ लाख रुपैयाँ बराबरको अति आवश्यक बस्तु सहयोग उपलब्ध गराउने भएको छ ।
मानव जीवनमा अति आवश्यक सामग्रीसहित उक्त सहयोग गर्ने संघले जनाएको छ । संघका महासचिव बोधकृष्ण सुवेदीका अनुसार भूकम्प प्रभावित क्षेत्रमा चामल, दाल, नुन तेल लगायतका खाद्य बस्तु वितरण गरिने छ । त्यस्तै जाडोबाट बचाउनको लागि चाहिने ८ सय बल्याङकेट पनि प्रभावित क्षेत्रमा वितरण गरिने भएको हो ।
उक्त समान भूकम्प प्रभावित ८ सय परिवारलाई नै वितरणको तयारी गरिएको हो । यसका लागि सामानसहित महासचिव सुवेदी आज नेपालगञ्ज पुगेका छन् । उनी भोलि नेपालगञ्जबाट संस्थाकी वरिष्ठ उपाध्यक्ष शुष्मा शर्मा, लुम्बिनी प्रदेशका उपाध्यक्ष वासुदेव रिमालसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा आफै पुग्ने बताएका छन् ।