मनोरञ्जन

अल्लु अर्जुनको ‘पुष्पा’ले दुई दिनमा कति कमायो ?

४ पुष २०७८, आईतवार १६:४२
अल्लु अर्जुनको ‘पुष्पा’ले दुई दिनमा कति कमायो ?

काठमाडौं ।  साउथ इण्डियन फिल्म हेर्ने जो-कोही मन मुटुमा राज गरेका नायक हुन् अल्लु अर्जुन । उनको नयाँ अभिनित फिल्म ‘पुष्पा’ले बक्स अफिसमा धमाका पचाएको छ ।

सुकुमारको निर्देशनमा बनेको यस फिल्मले शुरुवात देखि नै राम्रो कमाइ गरेको छ ।  शुक्रबार रिलिज भएको फिल्मले पहिलो दिन ७१ करोड कमाएको थियो भने अर्कोतिर फिल्मले ४५ करोड कमाएको थियो ।

यस फिल्मले २ दिनमै बक्स अफिसमा सय करोडको आँकडा पार गरेको भारतिय मिडियामा जनाइएको छ । सर्वाधिक कमाई गर्दै यो फिल्म कोरोना कालमा बढी कमाई गर्ने फिल्म पनि बनेको छ ।

यस्तै हिन्दी बक्स अफिसमा पुष्पाले पहिलो दिन ३ करोड र दोस्रो दिन ४ करोड कमाएको छ । फिल्मले अमेरिकाको बक्स अफिसमा १.३० मिलियन डलर कमाएको छ । अल्लुसंगै नायिका रश्मिका मन्दना देखिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्