राजनीति

गगनकाे आग्रह- शीर्ष नेताहरू राजनीतिबाट विश्राम लिनूहोस्, गणतन्त्रलाई कसैले केही गर्न सक्दै

२२ कार्तिक २०८०, बुधबार ०२:५६
गगनकाे आग्रह- शीर्ष नेताहरू राजनीतिबाट विश्राम लिनूहोस्, गणतन्त्रलाई कसैले केही गर्न सक्दै

२२ कार्तिक,काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरूलाई राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन् । आज सर्वदलीय बैठकले गणतन्त्रलाई थप मजबुत बनाउने निर्णय गरेसँगै थापाको यस्तो भनाइ आएको हो ।

यो व्यवस्थाको हीतका लागि पनि शीर्ष नेताहरूले सक्रिय राजनीति त्याग्नुपर्ने उनको तर्क छ। मंगलबार मात्र तत्कालीन बाह्रबुँदे सम्झौता गर्ने दलहरूको बैठक बसेको थियो। सो बैठकमा वर्तमान व्यवस्थाको मजबुतिका लागि एकबद्ध भएर लड्ने समझदारी गरेका थिए।

उनले भने, मैले भन्दै आएको छु, फेरी भन्छु- ‘तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’ यो व्यवस्थालाई बलियो बनाउन शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिए मात्रै पनि पुग्ने उनको भनाइ छ ।

शीर्ष नेताहरुको बैठकपछि महामन्त्री थापाले लेखेका छन्,‘यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईँहरू (शीर्ष नेता)ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ । इतिहासले सधैँ सम्झिने छ । तपाईँहरू फेरि भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्‍यो । मैले भन्दै आएको छु, फेरि भन्छु–तपाईँ शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो । अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन । यो व्यवस्थालाई बलियो बनाउन तपाईँहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् ।’

महामन्त्री थापाले शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिए गणतन्त्रविरुद्ध उठिरहेका आवाजहरू आफैँ हराउँदै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्