समाचार

कैलालीमा युवकको घाँटी रेटेर हत्या, अडियो सार्वजनिक

४ पुष २०७८, आईतवार १६:२१
कैलालीमा युवकको घाँटी रेटेर हत्या, अडियो सार्वजनिक

४ पुस, कैलाली। कैलालीमा फेरी अर्का एक युवकको घाँटी रेटेर हत्या भएको छ । टिकापुरका भूपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउँदै फेरी अर्का युवकको बीभत्स हत्या भएको हो ।

टिकापुरका भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउदै फेरी अर्का युवकको विभत्स हत्या भएको हो । जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव शनिबार फेला परेको हो ।

मृतक दासको रुखमा बाँधेर नग्न बनाइ टाउको छिनालीएको र दुईवटै हात समेत पछाडि पारेर बाँधिएको अवस्थामा शव भेटिएको छ। दास पौष २ गते साँझ घरबाट निस्केका थिए । राति घर नफर्केका दास पौष ३ गते दिउँसो सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अडियो बाहिरिए

प्रहरीले अरुण दासको विभत्स हत्यासंग सम्बन्धित अडियो रेकर्ड फेला पारेको छ । शव फेलापछि घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दुई युवाबीचको सम्वादसहितको फोन अडियो रेकर्ड फेला पारेको हो ।

जुन, सम्वाद युवकको हत्यापछि फोनमा गरिएको हो । अडियो रेकर्डमा आफूलाई मनोज नामले चिनाएका युवकले अर्का व्यक्तिसँग घटनाको बारेमा कुरा गरेका छन् । उनले घाँटी र शरीर अलग पारेको भन्दै भनेका छन्–‘दाइ उसको घाँटी अलग छ । शरीर अलग छ । एक–दुई दिनभित्र थाहा पाइहाल्नु हुन्छ । म यहाँ कहाँ पुगिसके, कहाँ पुगिसकेँ ।’ उनले आफू भारतको रुपैडियाबाट फोन गरेको र बेंगलोरका लागि हिडेका फोनमा बताएका छन् ।

जसले परिवारलाई अडियो दियो उसैले अरुलाई पनि दिएको हुनसक्छ ।’ अमरावती वनमा घाँटी रेटर टाउको अलग पारिएको अवस्थामा शनिबार बेलुका युवकको शव फेला परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्