समाचार

जाजरकोट र रूकुम पश्चिम भूकम्प पिडितलाई राजापुर नगरपालिकाद्वारा खाद्यान्न सामग्री वितरण

२१ कार्तिक २०८०, मंगलवार १५:३३
जाजरकोट र रूकुम पश्चिम भूकम्प पिडितलाई राजापुर नगरपालिकाद्वारा खाद्यान्न सामग्री वितरण

२१ कार्तिक, बर्दिया। बर्दिया जिल्ला राजापुर नगरपालिकाले जाजरकोट र रुकुम पश्चिम जिल्लाको भुकम्प पीडितलाई राहत वितरण गरेको छ। 

राजापुर नगरपालिकाले मंगलबार जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाइ २०० कुइन्ट्ल चामल र २ कुइन्टल ५० किलो दाल नगर प्रमुख दिपेस थारु र उप-प्रमुख मनकला कुमारी चौधरी र वडा अध्यक्षहरु लगाएतको टिमले हस्तान्तरण गरेको छ ।

प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि राजापुर नगरपालिकाले २०० कुइन्ट्ल चामल र २ कुइन्टल ५० किलो दाल बराबरको खाद्यान्न सामग्री वितरण गर्ने निर्णय गरेको हो।

‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौं, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’, उनले भने। उनले जाजरकोट र रूकुम पश्चिम दुवै क्षेत्रमा राहत सामाग्री उपलब्ध गराएको नगर प्रमुख दिपेस थारुले जानकारी दिए।

गत शुक्रबार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठूलो धनजनको क्षति भएको थियो। प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने राजापुर नगरपालिकाको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको नगर प्रमुख थारुले बताए।

प्रतिक्रिया दिनुहोस्