समाचार

कांग्रेस केन्द्रीय सदस्यमा नयाँ अनुहारमा को को आए ?

४ पुष २०७८, आईतवार १५:४२
कांग्रेस केन्द्रीय सदस्यमा नयाँ अनुहारमा को को आए ?

४ पुस, काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट खुलातर्फ ९९ प्रतिस्पर्धीबाट ३५ जना नेता विजयी भएका छन् । नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ।

शनिबारदेखि थालिएको मतगणना आइतबार साँझ सकिएको हो। १३ औं महाधिवेशनमा जम्मा २५ खुला सदस्य रहेकोमा यसपटक १० सदस्य बढाएर ३५ बनाइएको थियो ।

खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन्। यस्तै दोस्रो नम्बरमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँण, चौथोमा उदयशमशेर राणा र पाँचौमा रामहरि खतिवडा छन्।

प्रतिक्रिया दिनुहोस्