समाचार

टी–२० विश्वकपमा छनोट भएको टोलीका खेलाडीलाई जनही १३ लाख दिने

२१ कार्तिक २०८०, मंगलवार १४:५७
टी–२० विश्वकपमा छनोट भएको टोलीका खेलाडीलाई जनही १३ लाख दिने

२१ कार्तिक, काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

क्रिकेट संघले एकमुष्ट ५० लाख रुपैयाँ दिने हिजो निर्णय गरेको थियो भने सरकारले प्रतिखेलाडी १३ लाख रुपैयाँ छुट्टै वितरण गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदले सरकारलाई १३ लाख रुपैयाँको दरले पुरस्कार दिन सिफारिस गरेको हो । परिषद्को पुरस्कारसम्वन्धी कार्यविधिमा नै नेपाल विश्वकपमा छनोट भएको खण्डमा खेलाडीलाई १३ लाख रुपैयाँ दिने उल्लेख छ । त्यसैबमोजिम परिषद्का सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले निर्णय गरेर सरकारलाई सिफारिस गरेको हो । मन्त्रिपरिषद्ले भने निर्णय गरिसकेको छैन ।

यही कात्तिक १७ गते काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको आइैसीसी पुरुष टी–२० विश्वकपको एसिया क्षेत्र छनोट सेमिफाइन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ८ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्