२१ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार बसेको सर्वदलीय बैठकप्रति कटाक्ष गरेका छन् ।
सर्बदलीय बैठक सकिएको केही समय पछि सामाजिक संञ्जालमा एक स्टाटस राख्दै लामिछानेले आदरणीय ‘सर्वदलीय हेड सर’ हरु यता सुन्नुस् है भन्दै जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले आफ्ना आँखा नराम्ररी बिझाएको उल्लेख गर्नुभएको छ ।
“आदरणीय ‘सर्वदलीय हेड सर’हरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्,” उनले लेखेका छन्, “व्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ ।”
उनले सुत्केरीहरुको जिउ सुन्निएको, अस्थायी शौचालय नभएको, पुरिएका चौपायाका कारण महामारी फैलने डर भएको उल्लेख गर्दै जुटाइदिएको पाल, चामल, दाल समयमै बाड्न नसक्ने नसक्नेले व्यवस्थाको, परिवर्तनको चिन्ता गर्ने भन्दै प्रश्न गरेका छन् ।
जिम्मा लिन तयार छ । फेरि पनि भन्छु, व्यवस्थामा खतरा छैन, भए पनि जोगाउने जनता छन् । तिनको जीवन रक्षा गरिदिनुस् । परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाशमुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले आफ्नो आँखा नराम्ररी बिझाएको उनले लेखेका छन् ।