२१ कार्तिक, डोल्पा। डोल्पाका सात स्थानीय तहले भूकम्प प्रभावित जिल्लाका लागि ३१ लख ५५ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
गत शुक्रबार मध्यराती जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित दुई जिल्लाका नागरिकको उद्धार,राहत र पुनःस्थापनाका लागि डोल्पाबाट मात्रै उक्त रकम सहयोग गरेका हुन्।
जसमध्ये सबैभन्दा पहिला ठुलिभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण बुढा आफैं प्रभावित जिल्ला जाजरकोट पुगेर पाँच लाख सहयोको घोषणा गरेका थिए। त्रिपुरासुन्दरी नगरपालिकाले सात लाख पचास हजार, मुड्केचुला गाउँपालिकाले पाँच लाख र जगदुल्ला गाउँपालिकाले पाँच लाख पाँच हजार एक सय एघार सहयोग घोषणा गरेका छन्।
त्यसैगरी काइके गाउँपालिकाले तीन लाख, शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाले तीन–तीन लाख सहयोगको घोषणा गरेका छन्।