समाचार

कांग्रेस केन्द्रीय सदस्यमा गृहमन्त्री विजयी

४ पुष २०७८, आईतवार १५:२८
कांग्रेस केन्द्रीय सदस्यमा गृहमन्त्री विजयी

४ पुस, काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा बालकृष्ण खाँण विजयी भएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा खाँण २२०७ मत ल्याएर विजयी बनेका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।

वर्तमान गृहमन्त्रीसमेत रहेका उनी रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य हुन् ।  खाँण नेविसंघ अध्यक्ष, नेपाल तरुण दलको अध्यक्ष हुँदै कांग्रेसको राजनीतिमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्