अर्थ / वाणिज्य

एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि रु ५० लाख सहयोग गर्ने

२१ कार्तिक २०८०, मंगलवार ०३:२४
एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि रु ५० लाख सहयोग गर्ने

२१ कार्तिक, काठमाडौँ । एनएमबी बैंक लिमिटेडले भूकम्प प्रभावितलाई राहत दिन ५० लाख रुपैयाँ सहयोग गरेको छ।

जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको बैंकले जनाएको छ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई २०८० कार्तिक १७ गते राती विनाशकारी भूकम्प गएको थियो । बैंकले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा बैंक विश्वस्त रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्