२१ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसामा कारोबारको अनुमति दिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ४६ पैसा तथा बिक्री दर ८६ रूपैयाँ ८५ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ३९ पैसा तथा बिक्री दर ९७ रूपैयाँ ८३ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा तथा बिक्री दर ८ रूपैयाँ ९२ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ २८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ३६ पैसा कायम गरिएको छ ।