समाचार

भुकम्पपीडितलाई दोलखाका ९ पालिकाद्वारा २० लाख सहयोग

२१ कार्तिक २०८०, मंगलवार ०२:४७
भुकम्पपीडितलाई दोलखाका ९ पालिकाद्वारा २० लाख सहयोग

२१ कार्तिक, दोलखा । जिल्लाका नौ स्थानीय तहले जाजरकोट र रुकुम पश्चिम जिल्लाको भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन्। 

दोलखाका ९ वटा  स्थानीयतहहरुले २० लाख सहयोग गर्ने भएका छन् । दोलखाका स्थानीयतहले सोमबार  जिल्ला समन्वय समितिको कार्यालयमा बसेको पालिका प्रमुखहरूको बैठकले सो निर्णय गरेर रकम संकलनको तयारी थालिएको बैठकमा सहभागी मेलुङ  गाउँपालिकाका अध्यक्ष हिरा थोकरले जानकारी दिए।

जिल्लाको भीमेश्वर र जिरी नगरपालिकाले तीन तीन लाख सहयोग गर्ने छन् । यस्तै मेलुङ, शैलुङ, कालिञ्चोक, वैतेश्वर , बिगु, तामाकोशी र गौरीशकर गाउँपालिकाले दुई दुई लाख गरी जम्मा २० लाख रुपैयाँ भुकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरिएको हो ।

२०८० साल कात्तिक १७ गते राति ११ः४७ जाजरकोट र रुकुम पश्चिम जिल्लामा  गएको भुकम्प गएको थियो । भुकम्पबाट दुई जिल्लामा गरी एक सय ५७ जनाको मृत्यु हुनुको साथै एक सय ६६ जना घाइते भएका थिए भने सयौं घर र दर्जनौं विद्यालय ध्वस्त बनाएको थियो। 

प्रतिक्रिया दिनुहोस्