समाचार

भूकम्पपीडितले खुला आकाशमुनि नै बिताए तेस्रो रात

२१ कार्तिक २०८०, मंगलवार ०२:४२
भूकम्पपीडितले खुला आकाशमुनि नै बिताए तेस्रो रात

२१ कार्तिक, जाजरकोट । शक्तिशाली भूकम्पले घरमा क्षति पुग्दा सडकमा बस्न बाध्य भूकम्प प्रभावितले तेस्रो रात पनि खुला आकाशमुनि नै बिताएका छन्। चिसो बढ्दै गएको छ। साँझ छिप्पिएसँगै शीत पर्न थाल्छ।

घरभित्रै पनि प्रयाप्त ओढ्ने ओछ्याउने नहुँदा जिउ काँप्न थाल्छ। तर, जाजरकोट सदरमुकामकै भूकम्प पीडितले तेस्रो रात पनि खुला आकाशमुनी नै बिताएका छन्। गएराति १२ बजे जाजरकोटको सदरमुकाम खलङ्गा सुनसान थियो।

सदरमुकाको प्रहरी चौकी नजिकै पिपलको बोटमुनि रहेको चौतारोको भूईभरि भूकम्प पीडित सुतिरहेका थिए। पाल पनि टाँगिएको थिएन।चौतारा वरिपरि लस्करै सुतिरहेका उनीहरूसँग ओढ्ने ओछ्याउने पनि प्रशस्त थिएन। कतिपयले भूइमै म्याट ओछ्याएका थिए। कपतियसँग ब्याल्याङ्केट पनि थिएन। कोही त्रिपालै ओढेर पल्टिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्