प्रदेश

कोशी सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने एमालेको निर्णय

२० कार्तिक २०८०, सोमबार ०८:१७
कोशी सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने एमालेको निर्णय

२० कार्तिक, काठमाडौं। कोशी प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए।

सोमबार बसेको एमाले कोशी संसदीय दलको बैठकले सरकारबाट बाहिरिए पनि समर्थन भने तत्काल फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार राजीनामा दिएका थिए । सरकारबाट बाहिरिए पनि एमालेले समर्थन भने कायमै राख्ने भएको हो ।

उनले सरकार बनाउँदाको समर्थन फिर्ता भइसकेको, तर दिइएको विश्वासको मतको समर्थन भने हाललाई फिर्ता नलिने निर्णय भएको बताए।

प्रतिक्रिया दिनुहोस्