अर्थ / वाणिज्य

सुनको मूल्य घट्यो

२० कार्तिक २०८०, सोमबार ०६:२०
सुनको मूल्य घट्यो

२० कात्तिक, काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ९०० मा कारोबार भइरहेको छापावाल सुन सोमबार प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख १४ हजार ८५० रुपैयाँमा झरेको छ । आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने स्थिर छ । आइबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्