समाचार

आइएमई लाइफ इन्स्योरेन्सले भूकम्प प्रभावित क्षेत्रमा १० लाख सहयोग गर्ने

२० कार्तिक २०८०, सोमबार ०२:३३
आइएमई लाइफ इन्स्योरेन्सले भूकम्प प्रभावित क्षेत्रमा १० लाख सहयोग गर्ने

२० कार्तिक, काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई १० लाख सहयोग गर्ने भएको छ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत उद्दारले  तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख सहयोग गर्ने भएको हो ।

गत कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको  भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

कम्पनीले गत शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दु भइ गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुम-पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहत पुगोस् हेतुले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो।

पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरी सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए।

प्रतिक्रिया दिनुहोस्