समाचार

धनगढीबाट बाजुरा जाँदै गरेको जिप डोटीमा दुर्घटना, चारको मृत्यु, पाँच जना घाइते

१९ कार्तिक २०८०, आईतवार ०२:४६
धनगढीबाट बाजुरा जाँदै गरेको जिप डोटीमा दुर्घटना, चारको मृत्यु, पाँच जना घाइते

१९ कार्तिक, डोटी। डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएको छन्।

ग २ च २७७६ नम्बरको बोलेरो जिप दर्घटना हुँदा बाजुराको हिमाली गाउँपालिका ५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा र उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा, र ८ महिनाकी प्रार्थना मलालको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । मृतक प्रार्थनाकी आमा बिमलाको टाउको चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

घाइते हुनेमा हिमाली गाउँपालिका-५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय  दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ।

उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका-४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्