१८ कार्तिक, काठमाडौँ । कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि बुद्ध एयरले एक करोड दिने भएको छ। शनिबार बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
जाजरकोट र पश्चिम रुकुमको भूकम्पप्रभावितको सहयोगका निम्ति बुद्ध एयरले राहत दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ ।’जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपत्मा परी त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् ।
भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ,’ बुद्ध एयरले सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ, ‘हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग दिने निर्णय गरेका छौं । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौं ।’