१८ कार्तिक, काठमाडौँ । नेपाली काँग्रेसले जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा प्रभावित भएकाहरूको उद्धार, राहत र पुनर्स्थापनाका ५० लाख सहयोग गर्ने भएको छ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ ।
यस घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै कांग्रेसले यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ/संस्था सबै एक भएर विपत्तिको सामना गर्न सबैमा अपील गरेको छ।