नेपाली चलचित्र

भुकम्प पीडितलाई ५० हजार सहयाेग गर्ने अभिनेता पल शाहको घोषणा

१८ कार्तिक २०८०, शनिबार ०८:३९
भुकम्प पीडितलाई ५० हजार सहयाेग गर्ने अभिनेता पल शाहको घोषणा

१८ कार्तिक, काठमाडौँ । अभिनेता पल शाहले जाजरकोट भुकम्प पीडितलाइ सहयोगको घोषणा गरेका छन् ।

गए राति जाजरकोटमा गएको भूकम्पमा परी जनधनको क्षति भोगेका परिवारजनलाइ उनले ५० हजार सहयोगको घोषणाा गरेका हुन ।

‘जाजरकोटमा गएको भूकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार ९५०,०००० हाम्रो टिम नेपालको मार्फत सहयोग गरेको छु,’ उनले आफनो घोषणमा भनेका छन, ‘हाम्रो टिम राहत र स्वास्थ्य टोलिसहित जाजरकोट जाँदैछ।’

धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धि निकायलाई अनुरोध गरेका अभिनेता शाहले यस दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्