१८ कार्तिक, काठमाडौँ । सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज/उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५/५ करोड रुपैया पठाउने निर्णय भएको हो ।
अहिलेलाई यो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पठाउने निर्णय भएको हो । रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।