समाचार

कांग्रेस केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने

२ पुष २०७८, शुक्रबार ११:०३
कांग्रेस केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य छान्न शुक्रबार नै मतगणना गर्ने भएको छ।

समितिका अनुसार अन्तिम चरणमा रहेको सहमहामन्त्रीको मतगणना सकिएपछि आजै साँझ केन्द्रीय सदस्यको मतगणना सुरू गरिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्