१८ कार्तिक,जाजरकोट। जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२९ पुगेको छ ।
हिजो राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी १२९ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान ७ बजेसम्ममा जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको हो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतका अनुसार जाजरकोटमा ६४ र रुकुममा ५७ जना घाइते भएका छन् ।
अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी उद्धारको लागि खटिएको छ । ‘उद्धार कार्य भइरहेको छ, मृतकको संख्या बढनसक्ने देखिएको छ, ‘डीआईजी कडायतले भने, ‘हाम्रो मेडिकल टिम तयारी अवस्थामा छ, सेना र सशस्त्रका नजिकका युनिट समेत सक्रिय भएका छन् ।