१८ कार्तिक,काठमाडौ । काठमाडौँमा शुक्रबार राति भूकम्पको धक्का महसुसगरिएको छ ।
राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेका छन् ।
जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।