२ पुस, काठमाडौं। पछिल्लो २४ घण्टा यता नेपालमा थप दुई सय ७४ जना कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ९ हजार १६ वटा स्वाब नमुनाको परीक्षण गर्दा २७४ जनामा संक्रमण पुष्टि भएको हो ।
सहि अवधिमा कोरोनाका कारण तीनजनाको मृत्यु भएको छ । भने २७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ५२२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।