समाचार

शुक्रबार कति थपिए नेपालमा कोरोना संक्रमित ?

२ पुष २०७८, शुक्रबार १०:१४
शुक्रबार कति थपिए नेपालमा कोरोना संक्रमित ?

२ पुस, काठमाडौं। पछिल्लो २४ घण्टा यता नेपालमा थप दुई सय ७४ जना कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ९ हजार १६ वटा स्वाब नमुनाको परीक्षण गर्दा २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

सहि अवधिमा कोरोनाका कारण तीनजनाको मृत्यु भएको छ । भने २७० जना संक्रमणमुक्त भएका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ५२२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्