खेलकुद

आसिफ शेखले पुरा गरे अर्धशतक

१७ कार्तिक २०८०, शुक्रबार ०८:११
आसिफ शेखले पुरा गरे अर्धशतक

१७ कात्तिक, काठमाडौं ।आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालका आसिफ शेखले अर्धसतक पूरा गरेका छन्।

नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९३ रन जोडेको छ। आसिफले ३९ बलमा अर्धसतक पुरा गरेका हुन्। प्रारम्भिक ब्याट्सम्यान आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २६ र दोस्रो विकेटका लागि गुल्सन झासँग ४१ रनको साझेदारी गरे।

प्रतिक्रिया दिनुहोस्