खेलकुद

नेपालले पायो १३५ रनको लक्ष्य

१७ कार्तिक २०८०, शुक्रबार ०६:५६
नेपालले पायो १३५ रनको लक्ष्य

१७ कात्तिक, काठमाडौं । आईसीसि टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईले नेपाललाई एक सय ३५ रनको लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो। यूएईका भृत्य अरविन्दले ६४ रन बनाए। मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे। नेपाली स्पीनरहरुले कँसिलो बलिङ गरे।

नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिए। सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रन मात्र खर्चिए। कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए।

प्रतिक्रिया दिनुहोस्