१७ कार्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए । उनले संसदीय व्यवस्था भनेपनि सांसदहरुले भनेका कुरा लागू नहुने गरेको बताए । उनले देश ३५ वर्ष यता तीन जना नेताहरुमै घुमिरहेकाले त्यसलार्य चिर्न आफूहरु आएको बताए ।
एउटा जनप्रतिनिधिले आवाज उठाउदा पक्राउ परेको घटना उल्लेख गर्दै सांसदलाई नै लोकतन्त्र नभएको बेला आम जनताले कसरी लोकतन्त्र महसुस गर्न सक्छन ? भन्दै प्रश्न गरेका थिए । सांसदहरुले उठाएका कुनै कुरा अहिलेसम्म पालना नभएको, सांसदहरुले हालेका अहिलेसम्म कुनै स्मशोधन पारित नभएको उदाहरण दिदै उनले शिर्ष दलका नेताहरुका लागि मात्र लोकतन्त्र आएको बताए ।
राउतले संसदमा जनताको आवाज उठेपछि पुरा हुनुपर्ने माग गरे । राउतले देश टाइटानिक दुबे जस्तै डुब्न लागेको बताउदै आम जनताएल आफ्नो जोहो गर्न चेतावनी समेत दिएका थिए ।