समाचार

कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द

२ पुष २०७८, शुक्रबार ०९:४८
कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द

दमौलीः बन्दीपुर गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द गराइएको छ ।

विद्यालयमा कार्यरत दुई शिक्षक र सात जना विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले विद्यालयको पठनपाठन बन्द गराएको हो ।

कोभिड–१९ को जोखिम थप बढ्न सक्ने हुँदा आजदेखि पुस ७ गतेसम्म भौतिक उपस्थितमा कक्षा सञ्चालन बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

साथै अन्य विद्यालयलाई समेत पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गर्न, शैक्षिक भ्रमण, वार्षिकोत्सवलगायतका उच्च सङ्ख्यामा भौतिक उपस्थिति हुने कार्यक्रम नगर्न गाउँपालिकाले अनुरोध गरेको थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्