खेलकुद

मेरिना इम्पेक्सले क्रिकेट खेलाडी र पदाधिकारीलाई सुट दिने

१६ कार्तिक २०८०, बिहीबार १३:५५
मेरिना इम्पेक्सले क्रिकेट खेलाडी र पदाधिकारीलाई सुट दिने

१६ कात्तिक, काठमाडौं । नेपालमा जारी टी-२० विश्वकप छनोटमा सहभागी खेलाडीलाई सर्टिङ सुटिङको व्यवसायमा राजधानीमा नाम चलेको मेरिना इम्पेक्सले पुरस्कारको घोषणा गरेको छ ।

इम्पेक्सले नेपाल क्रिकेट संघमा आबद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र क्यानका बोर्ड सदस्यहरुलाई सुट उपलब्ध गराउने भएको छ ।यस सम्बन्धी सम्झौतामा क्यानका कोषाध्यक्ष पदम बहादुर खड्का र मेरिना इम्पेक्सका प्रमुख कार्यकारी (सिइओ) पवन खड्काले आज सम्झौता गर्नु भएको छ ।

टी – २० वर्ल्ड कपमा नेपाली क्रिकेट टीमको सहभागिताको प्रबल सम्भाबना रहेको बेला खेलाडिको हौसला बढाउन उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ ।

पछिल्लो समय नेपाली क्रिकेटले देशलाई अन्तर्राष्ट्रिय स्तमा चिनाएकोले क्रिकेट टीमलाइ सहयोग गर्नुपर्ने दायित्वबोधलाई मनन गर्दै आफुहरुले सहयोग गरेको मेरीना इम्पेक्सका अर्जुन बस्नेतले बताए ।

बिगत ४१ बर्षदेखी स्तरिय शर्टिङ,शुर्टिङ तथा तेलरिङ्ग सेवा दिदै आएको मेरीना इम्पेक्स भरपर्दो सेवाका लागी परिचित छ ।

प्रतिक्रिया दिनुहोस्