समाचार

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

१६ कार्तिक २०८०, बिहीबार ०५:०५
ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

१६ कात्तिक, काठमाडौं ।  टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपाललाई ओमानले जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएसँगै नेपालले १४६ रनको मध्यम लक्ष्य पाएको हो ।

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । आज हुने खेलले समूह बितेको टुङ्गो लगाउने छ ।

जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानले मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो ।

ओमानविरुद्ध नेपालका लागि करण केसीले ३, सन्दीप लामिछाने, सोमपाल कामीले समान २ तथा गुलशन झा र अविनाश बोहराले १–१ विकेट लिए । सन्दीपले ४ ओभरमा ३० रन दिएर २ विकेट लिए ।

सोमपालले किफायती बलिङ गर्दै ४ ओभरमा १६ रन दिएर २ विकेट हात पारे । करणले ४ ओभरमा ४३ रन दिएर ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्