खेलकुद

टी-२० अन्तर्राष्ट्रियमा सोमपालको ५० विकेट पूरा

१६ कार्तिक २०८०, बिहीबार ०५:०१
टी-२० अन्तर्राष्ट्रियमा सोमपालको ५० विकेट पूरा

१६ कात्तिक, काठमाडौं ।  नेपाली क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामीले टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् ।

आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत बिहीबार ओमानविरुद्ध २ विकेट लिएसँगै सोमपालले टी–२० मा ५० विकेट पूरा गरेका हुन् । ५३ खेलमा ५० औँ विकेट पूरा गरेका कामीले आज ४ ओभरमा १६ रन दिएर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्