समाचार

संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

१६ कार्तिक २०८०, बिहीबार ०४:५५
संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

१६ कात्तिक, काठमाडौं । संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।  मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस्