खेलकुद

ओमानका कप्तान जिसनलाई अविनाशद्वारा आउट

१६ कार्तिक २०८०, बिहीबार ०४:४९
ओमानका कप्तान जिसनलाई अविनाशद्वारा आउट

१६ कात्तिक, काठमाडौं । ओमानको इनिङ्स सम्हालिरहेका कप्तान जिसन मक्सुदलाई नेपालका अविनाश बोहराले आउट गरेका छन् ।

नेपालले एकपछि अर्को विकेट लिइरहँदा कप्तान मक्सुदले आयन खानसँग मिलेर साझेदारी बढाइरहेका थिए । तर सन्दीप लामिछानेले आयनलाई आउट गरेपछि साझेदारी टुटेको अर्को ओभरमै मक्सुद आउट भए ।

प्रतिक्रिया दिनुहोस्