समाचार

पलेशालाई प्रधानमन्त्री प्रचण्डको बधाई

१५ कार्तिक २०८०, बुधबार १३:४०
पलेशालाई प्रधानमन्त्री प्रचण्डको बधाई

१५ कार्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाई दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री प्रचण्डले चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक विजेता गोवर्धनलाई बुधबार बधाई दिएका हुन् ।

सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि प्रधानमन्त्री दाहालले बधाई दिए थिए । पलेशाले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि कांस्य पदक जितेकी थिइन् । पलेशाले जितेको पदक नेपालले एसियाली पारा खेलकुदमै जितेको पहिलो पदक हो ।

भेटका अवसरमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्