समाचार

मुख्यमन्त्रीलाई पछि पार्दै पाण्डे अघिअघि

२ पुष २०७८, शुक्रबार ०९:१९
मुख्यमन्त्रीलाई पछि पार्दै पाण्डे अघिअघि

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ।

१६११ मत गन्दा कोइराला प्यानलका बद्रि पाण्डेले ७९४ मत र देउवा प्यानलका  जीवनबहादुर शाहीले ७२९ मत पाएका छन् । शाही कर्णालीका मुख्यमन्त्रीसमेत हुन् ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मत गणना पार्टी कार्यालय सानेपामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्