खेलकुद

दुई रनमै पेभेलियन फर्किए कप्तान रोहित पौडेल

१४ कार्तिक २०८०, मंगलवार १०:२३
दुई रनमै पेभेलियन फर्किए कप्तान रोहित पौडेल

१४ कार्तिक, काठमाडौं। मलेसियाविरुद्ध नेपालको तेस्रो विकेट पतन भएको छ।  नेपालले कप्तान रोहित पौडेललाई तेस्रो विकेटका रुपमा गुमाएको हो। उनी जम्मा दुई रन बनाएरै पेविलियन फर्किएका छन्।

यसअघि ओपनर आशिफ शेखलाई दोस्रो विकेटका रुपमा गुमाएको थियो। शेखले २३ बलको सामना गर्दै ३२ रन बनाएर आउट भए। कुशल भुर्तेललाई नेपालले पहिलो विकेटका रुपमा गुमाएको थियो। भुर्तेले २४ बलमा ४३ रन बनाएर आउट भएका थिए।

अहिले क्रिजमा कुशल मल्ल र सन्दीप जोरा छन्। नेपालले १४ ओभरको समाप्तिमा तीन विकेट गुमाउँदै १३३ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्