खेलकुद

कुशल मल्लले पुरा गरे अर्धशतक

१४ कार्तिक २०८०, मंगलवार १०:१८
कुशल मल्लले पुरा गरे अर्धशतक

१४ कार्तिक, काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्लले अर्धशतक पुरा गरेका छन्।

समाचार तयार पार्दासम्म मल्ल ३३ बलमा ६५ रन बनाएर मैदानमै छन्। नेपालले भने १६.४ ओभरको खेल सकिंदा तीन विकेटको क्षतिमा १५८ रन बनाएको छ।

नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ४३ रन, आशिफ शेखले ३२ रन र रोहित पौडेलले दुई रनको पारी खेलेका छन्। अहिले मल्लसँगै सन्दीप जोरा मैदानमा छन्।

प्रतिक्रिया दिनुहोस्