खेलकुद

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

१४ कार्तिक २०८०, मंगलवार ०९:११
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

१४ कार्तिक, काठमाडौं।ओपनर सयेद अजिजको अर्धशतकप्रेरित मलेसियाले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपालसामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार अजिजले अर्धशतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसिया निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६५ रनको योगफल खडा गर्यो ।

प्रतिक्रिया दिनुहोस्