समाचार

नक्कली नेपाली नोट छापेर आरोपमा दुई भारतीय पक्राउ

२ पुष २०७८, शुक्रबार ०४:०२
नक्कली नेपाली नोट छापेर आरोपमा दुई भारतीय पक्राउ

२ पुस, रौतहट। रौतहट प्रहरीले नक्कली नेपाली रुपैयाँसहित दुईजना भारतीयलाई पक्राउ गरेको छ।

 रौतहटको परोहा नगरपालीका ८ स्थित नरकटियाबाट पक्राउ गरेको हो।  पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मोतिहारी थाना घोडासहन ग्राम श्रीपुर पंचायत कबैया बस्ने मुखलाल प्रसादको २६ वर्षीय छोरा विकाश जयसवाल र सोही स्थान बस्ने रामेश्वर प्रसादका ३२ वर्षीय छोरा अजय प्रसाद रहेको छ ।

उनीहरुको साथबाट  १ हजार को दरको ६९ थान र रु ५ सय दरको १ थान गरी जम्मा ६९ हजार ५ सय नक्कली नोट फेला परेको हो । पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्