खेलकुद

मेस्सीले आठौं पटक जिते बालोन डीअर

१४ कार्तिक २०८०, मंगलवार ००:४४
मेस्सीले आठौं पटक जिते बालोन डीअर

१४ कार्तिक, काठमाडौं। यस बर्षको बालोन डो अरको अवार्ड लियोनेल मेस्सीले जितेका छन्।

  फ्रेन्च फुटबलले हरेक वर्ष प्रदान गर्ने प्रतिष्ठित बालोन डीअर अवार्ड मेस्सीले सबैभन्दा बढी आठौ पटक जितेका हुन्। गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच अवार्ड जितेका हुन् ।

मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४(२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।

बालोन डीुओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए । हालाण्ड पनि यो अवार्डका प्रमुख दाबेदार थिए। उनले सिटीलाई गत सिजनको प्रिमियर लिग र च्याम्पियन्स लिग जिताएका थिए।

उनी दोस्रो भए भने एम्बाप्पे तेस्रो तथा म्यानचेस्टर सिटीका केभिन डी ब्रुने चौथो र सिटीकै रोड्री पाँचौं भएका छन्। महलिा तर्फ स्पेनकी मिडफिल्डर आइताना बोनमातीले पहिलो पटक उपाधि जितेकी छन्।

मेसीले बालोन डो अर अवार्ड यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा जितेका थिए।​ मेसीपछि यो अवार्ड पाँच पटक क्रिस्टियानो रोनाल्डोले जितेका छन्। रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए।

प्रतिक्रिया दिनुहोस्