खेलकुद

नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

१३ कार्तिक २०८०, सोमबार ०६:२६
नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

१३ कात्तिक, काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए । कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रन बनाएर आउट भए ।

नेपालले ८४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । कुशलले ४८ बलमा २ छक्का र ८ चौका प्रहार गरेर ७४ रन बनाएर क्याच आउट भए । त्यसअघि पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको थियो ।

नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले २-२ विकेट लिएका थिए । नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्